५ पुष २०७५, बिहीबार

काठमाडाैं । म्यानचेस्टर युनाइटेडले कामचलाउ म्यानेजर नियुक्त गरेको छ । आफ्ना पूर्वखेलाडी ओले गुनार सोल्सारलाई म्यानचेस्टर युनाइटेडले यो सिजनको अन्त्यसम्मका लागि कामचलाउन म्यानेजर नियुक्त गरेको हो । पूर्वम्यानेजर जुजे मोरिन्ह्योलाई बर्खास्त गरेपछि क्लबले सोल्सारलाई नियुक्त गरेको हो ।

ओल्ड ट्राफोडमा ११ वटा सिजन बिताएका सोल्सारले सन् १९९९ को च्याम्पियन्स लिगमा फाइनल खेल जिताएका थिए । ४५ वर्षीय सोल्सारले प्रिमियर लिगमा छैटौँ स्थानमा रहेको युनाइटेडको नेतृत्व सम्हाल्नेछन् । यसै महिनाको शुरूतिर नर्वेको मोल्डा क्लबसँग म्यानेजरका रूपमा सम्झौता गरेका सोल्सारलाई माइक फेलनले साथ दिनेछन् ।

उनी सहायक म्यानेजरका रूपमा आउनेछन् । मोरिन्ह्योको नेतृत्वमा प्रशिक्षकका रूपमा काम गर्दै आएका माइकल क्यारिक र किरान म्याककेनाले सोल्सारको नेतृत्वमा पनि निरन्तरता पाउनेछन् । सोल्सारको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले पहिलो खेल शनिवार कार्डिफसँग खेल्नेछ ।

LIVE TV