५ पुष २०७५, बिहीबार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी सून्नी समुदायको संगठन, स्लामिक स्टेट (आइएस) पराजित भएको बताएका छन् ।

बुधबार एक ट्वीट सन्देश लेख्दै उनले अाइएसविरुद्धकाे लक्ष्य हासिल भइसकेकाे बताउँदै अब अाफ्ना सेनालार्इ छिटै फर्काउने संकेत पनि गरेका छन् ।

Related image

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै उनले आइएसआइएस पराजित भैसकेको दाबी गरेका हुन् ।

Image result for us army in syria 2018

आफ्नो नाम सार्बजनिक नगर्ने शर्तमा एक अधिकारीले भने,“ सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयारी भइरहेको छ ।”
उनले थपे, “हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूति गराउँदै फर्किने तयारीमा छौँ ।”

LIVE TV