४ पुष २०७५, बुधबार

को को छन् टुकुचा मिच्नेहरु ?

काठमाडौं । बुढानिलकण्ठदेखि बग्दै आएको टुकुचा खोला थापाथली नजिकको बगामती नदीमा गएर मिसिन्छ । तर जब टुकुजा मध्य शहरीक्षेत्रमा पुग्छ, तब टुकुचाको दोहन सुरु हुन्छ । प्रधानमन्त्री निवास नजिकैको बालुवाटारक्षेत्रदेखि कमलादीसम्म टुकुचा खोला मिच्ने र छोप्ने काम धेरै भएको छ ।

बालुवाटारक्षेत्रमा टुकुचा खोला छोपेर कति स्थापनमा पार्किङ बनाइएका छन् भने कति स्थानमा कफी शप । अनि कति स्थानमा भने सडक बनाइएको छ । लाजिम्पाट नजिकैको निलसरस्वती स्थानमा त टुकुचा खोलामाथि टहरा बनाएर होटल र किराना पसल सञ्चालन गरिएको छ ।

सरस्वती स्थानबाट नारायणहिटी दरवारको उत्तर गेटसम्म आइपुग्दा खोला ठाउँठाउँमा खुम्चिएकोसमेत छ । र, नारायाणहिटी दरवारको उत्तरगेटमा रहेको बाँसको झ्याङबाट खोला छिरेको छ र दरवार भित्र पनि खुल्लारुपले टुकुचा बगिरहेको छ ।
तर राजदरवारको दक्षिणगेटको सेण्ट्री पोष्टबाट निकास लिएको टुकुचा त्यसपछि भने कमलादीमा मात्रै भेटिन्छ । सामान्यतः दरबारबाट बाहिर निस्किउको टुकचा जयनेपाल हलको ठीक मुनीबाट, गल्फ ट्राभलको छेउ हुँदै लक्ष्मी बैंक, शाख हाउस, सिद्धार्थ बैंक रहेको भवन आदिबाट भूमिगतरुपमा बगेको छ ।

तत्कालीन गोश्वारा नापी कार्यालयले नापीमा गल्ती गर्दा हात्तीसारक्षेत्रमा टुकुचा खोला नै देखाइदिएन । त्यसपछि मालपोत कार्यालयले पनि सहजरुपमा लालपूर्जा दियो र काठमाडौं महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणले पनि सिधै नक्सा पास गरिदियो ।

तर जब लक्ष्मी बैंक र एसबिएसल डेभलपर्स प्रालिले व्यापारिक भवन बनाउन सुरु ग¥यो, टुकुचा खोला फेला प¥यो । त्यसलगत्तै हात्तीसारका उपभोक्ताहरुले टुकुचा खोलामाथि भवन भन्न लागेको भन्दै रोक्का गरिपाउँ भनी महानगरपालिका र उपत्यका विकास प्राधिकरणमा उजुरी दिए ।

हात्तीसारका स्थानीयको उजुरी आएप्छि काठमाडौं महानगरपालिकाले अनुगमनका लागि टोली खटायो । र, टोलीले टुकुचा खोला भूमिगतरुपमा बगेको र त्यहीमाथि घर बन्न लागेको रिपोर्ट दियो । अनुगमन टोलीको रिपोर्ट आएलगत्तै काठमाडौं महानगरपालिकाले निर्माणाधीन लक्ष्मी बैंकको भवनको निर्मााण रोक्का राख्न निर्देशन दियो ।

तर महानगरपालिकाले निर्माण रोक्का राख्न निर्देशन दिएपनि खेतान समूहको लक्ष्मी बैंकले अटेर गर्दै भवन बनाइरह्यो । यहीबीचमा काठमाडौं महानगरपालिकाले एकपटक लक्ष्मी बैंकको निर्माण सामग्रीसमेत जफत ग¥यो ।

तर एकातिर महानगरपालिकाले कारवाही गरेकोजस्तो गर्ने अनि अर्कोतिर लक्ष्मी बैंकले पनि निरन्तर काम गरिरहने काम भयो । र २०६५ सालमै कागजा रोक्का रहेको लक्ष्मी बैंक रहेको यो भवन ८ तल्लाको बन्यो ।

काठमाडौं महानगरपालिकाले कैयन् स्थानमा सुकुम्बासीको बस्तीमा डोजर चलाएको छ । बोल्न नसक्ने र पहुँच नहुनेहरुका घर भत्किएका छन् । तर पहुँच र पावर भएको खेतान समूहको यो भवन भने न महानगरले रोक्न सक्यो न त निर्माण भइसकेपछि भत्काउन नै । यद्यपि कानुन सबैलाई बराबर लाग्ने भन्दै कारवाही हुने बताउँछन्, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल ।

तर जति गर्दा पनि निर्माण रोक्का गर्न र भत्काउन नसकेपछि काठमाडौं महानगरपालिकाले लक्ष्मी बैंकको भवन निर्माणसम्बन्धि फाइल नै उपत्यका विकास प्राधिकरणको काठमाडौं कार्यालयमा पठायो र कारवाहीका लागि अनुरोध ग¥यो । तर मापदण्डविपरीत संरचना निर्माण भए भत्काउने अधिकार रहेको प्राधिकरणले उक्त भवनलाई भत्काउन सकेन ।

बरु घरजग्गा बेचबिखन र धितो राख्न नमिल्ने गरी रोक्का मात्रै गरेर छाडिदियो । जबकि खेतान समूहलाई उक्त भवन न बेच्नु थियो, न त धितो राख्नु नै । यसरी लक्ष्मी बैंक र एसबिएल डेभलपर्सले कानुनको धज्जी उडाउँदै हात्तीसारमा टुकुचा खोलामाथि महल बनायो र अहिले त्यही महलबाट आफ्नो दैनिक कार्य चलाइरहेको छ । तर पनि सरकारी निकाय भने कारवाही गर्नुको साटो कसैले थाहा नपाइदिए हुन्थ्यो भन्दै बसिरहेका छन् ।

खोजी होस् टुकुचाको

काठमाडौं जिल्लाको नयाँ नापी २०२१ सालबाट सुरु भएको थियो । तर २०२१ सालबाटै नापी सुरु भएपनि काठमाडौंका भित्री शहरहरुको नापी भने हुन सकेको थिएन । किनभने एकातिर असन इन्द्रचोक लगायतका स्थानमा घनाबस्ती थियो भने हात्तीसारक्षेत्रमा पर्ने लालदरबार राणाहरुको जग्गा थियो । त्यहाँ राणाहरुले कम्पाउण्ड लगाएर राखेका थिए र त्यतिबेला पनि उनीहरु शक्तिमै थिए । जसका कारण तत्कालीन समयमा लालदरवार रहेको हात्तीसारक्षेत्रमा नापी हुन सकेन ।

शक्ति र पहुँचका कारण रोकिएको हात्तीसारक्षेत्रको नापी २०३३ सालमा आएर भयो । त्यसबेला बालुवाटार, गैह्रीधारा, हात्तीसार आदि क्षेत्रमा नापी गर्ने नापी अधिकृत थिए राजेन्द्रप्रसाद मराठा । तत्कालीन ३ नम्बर गोश्वारा नापीका प्रमुख मराठाले नापजाँच गर्दैजाँदा हात्तीसारक्षेत्रमा खोला नै देखेनछन् ।

हाल यसबारे बुझ्न नापी कार्यालय काण्माण्डौँ पुग्दा कार्यालय प्रमुख नापी अधिकृत अशोककुमार भुसालले नापीको बेला संरचना बनिसकेको र तत्कालिन अबस्थामा सतहमा जे देख्यो त्यही नाप्ने भएकाले नापीको गल्ती नदेखिने दाबी गरे ।
बाईट…अशोककुमार भुसाल, प्रमुख नापी अधिकृत, नापी कार्यालय काठमाण्डौँ ।

तर माथिपनि खोला, तलपनि खोला भएको ठाउँमा बीचमा मात्रै खोला नदेख्नुचाहीँ नापी स्वभाविक विषय हैन । प्रमुख नापी अधिकृत भुसाल भन्छन् नापी भएपछि खोलाको जग्गामा संरचना बनाउन लाग्दा सरोकारवाला निकायले रोक्नुपथ्र्यो ।

तर यसो भएन, पहुँचवालाहरुको बोलवालामा यो विषय त्यत्तिकै हरायो । र खोला गायबको गायब पारियो । खोला खोज्नतिर कोही पनि लागेनन् र अझै लागेका छैनन् ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगंोलले यसबारे समन्वय गरेर चाँडै खोला खोज्ने काम हुने बताएका छन् ।

तत्कालीन अवस्थामा राणा शासकको निवास थियो लालदरवार । उनीहरु पहुँचमा हुँदा र राजा र राणाहरुबीच द्वन्द्व चलको कारण सुरक्षाका दृष्टिकोणले राणाहरुले उक्त क्षेत्रमा पर्खाल लगाएको र खोलासमेत भूमिगत बाटोबाट बगाएको बुझिन्छ । तर २०२१ सालकै भूमिसम्बन्धि ऐन को पहिलो संशोधनले नै खोला छोप्न वा मिच्न नपाउने र यदि कसैले छोपेको वा मिचेको भए पूर्ववत् अवस्थामा फर्काउनु पर्नेछ भन्ने स्पष्ट किटान गरेको छ ।

खोला सरकारी वा सार्वजनिक सम्पत्ति भएकोले अहिलेपनि मन्त्रीपरिषद्को निर्णयबाट खोला देखाउन सकिन्छ । प्राविधिक टोलीले अनुसन्धान गरी खोलो पूर्ववत् अवस्थामै फर्काउन कुनै पहल भएको छैन । सबै सरोकारवाल निकाय तै चुप मै चुप छन् ।

टुकुचा मात्र होइन, धेरै खोलाहरु साधुँरिँदै हराउँदै छन् । यसले भविष्यमा कुनै ठूलो निम्त्याउन सक्ने खतरा छ । यसबारे सबै जानकार पनि छन् । यसबारे सरकारी स्तरबाटै पहल हुनुपर्ने बताउँछ काठमाडौं उपत्यका विकास प्राधिकरण ।

हिजो जस जसको गल्तीले भएपनि निर्वाधरुपले बग्नुपर्ने टुकुचा खोला यतिबेला कैयन् स्थानमा पुरिएका छन् भने कैयन् स्थानमा भूमिगत मार्ग भएर बगिरहेको छ । हात्तीसारक्षेत्रमा त व्यापारिक घराना खेतान समूह लगायत अन्य समूहले टुकुचा खोलामाथि संरचना निर्माण गरेर बैंक, इन्सोरेन्स, नुडल्स कम्पनीको कार्यालय आदि चलाइरहेको छ । नियमिविपरीत संरचना खडा गरेर कारोबार भइरहँदा पनि सरोकारवाला निकाय भने चुपचाप त्यसलाई हेरिरहेका छन् ।

LIVE TV