४ पुष २०७५, बुधबार
  • दानबहादुर बुढा,

मुगु, ४ पुष । सुशासित संस्था समुन्नत समाज मुल नाराका साथ मुगु जिल्लामा रहेको एक स्थानीय ग्रामिण सामुदायिक संस्था (जिएसएस) नामक संस्थाले माध्यमिक शिक्षा उतिर्ण दलित छात्राहरुलाई प्रोत्साहन स्वरुप छात्राबृत्ति सहयोग वितरण गरेको हो ।

मुगु जिल्लामा रहेका गरिब तथा बिपन्न परिवारका छात्राहरुलाई २०६२ सालबाट छात्रावृत्ति सहयोग गदै आइरहेको ग्रामिण सामुदायिक बिकास केन्द्रले यो वर्ष एसईई पास भएका ६ जना छात्रालाई १ दर्जन डड्पेन, १ दर्जन कापी, ६ बटा लुगाधुने साबुन, ६ बटा नुहाउने साबुन वितरण गरिएको हो । त्यस्तै कक्षा ११-१२ र बिएडमा अध्यानरत ९ छात्रालाई नगद रु ८ हजार ५ सयका दरले वितरण गरिएको छ ।

गर्त वर्षबाट यो संस्थाबाट ४ जना दलित छात्रालाई कृषि प्राबिधिक तर्फ पढाईमा सहयोग गर्दै आइरहेको ग्रामिण सामुदायिक संस्थाका अध्याय वलराम सानीले बताए ।

LIVE TV