ठुला दरका भारतीय नोट प्रतिबन्धले सीमावर्ती बजारमा समस्या



प्रकाशित मिति : Dec 19, 2018
  • राजु पौडेल

झापा । सरकारले दुईहजार, पाँचसय र दुई सय दरका भारतीय नोटको चलन चल्तीमा प्रतिबन्ध लगाए सँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाए पछि झापाका सिमावर्ती बजारहरुमा पनि त्यसको असर देखापर्न थालेको हो ।

झापाको काँकरभिट्टा, भद्रपुर र झापाका बजार लगायतका सीमावर्ती बजारमा ठूला दरका भारतीय नोटको अभाव हुँदा कारोबारमा असर परेको छ । सय रुपैयाँ भन्दा माथिका भारतीय नोटको चलन चल्तिमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलीमा प्रत्यक्ष असर नपुगे पनि कारोबारमा भने असर देखिएको हो ।प्रतिबन्धका कारण काँकडभिट्टा नाकाभएर नेपाल प्रवेश गर्ने भारतीय लगायत देशका पर्यटकहरु नोट नसाटिएका कारण समस्या पर्ने गरेका छन् ।

त्यस्तै, नोटको चलन चल्ति माथिको प्रतिबन्धका कारण काँकडभिट्टा र भद्रपुरका सटही काउण्टरहरुले समेत मागअनुसार नोट साट्न नसकेको जनाएका छन् । ठुला भारतीयनोट चल्न छाडेपछी सिमा पारी किनमेल र स्वास्थ्योपचारमा भारत जाने सर्वसाधारणलाई समस्या परेको छ । भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँ सम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मर्कामा परेको सर्वसाधरण बताउँछन् ।

व्यापारी तथा व्यवसायीका अनुसार एक सय र सो भन्दा सानानोटको भरमा मात्रै सीमावर्ती बजारको कारोबार धान्न सकिदैन । विगतमा समेत सरकारले भारतीय ५ सय र एक हजार दरको नोटको चलन चल्तिमा रोक लगाए पनि गैरकानुनी रुपमा नोटको सटही गर्ने कारोबारीहरुले त्यसको राम्रो फाइदा लिने गरेका थिए ।
तसर्थ नोटमाथि प्रतिबन्ध गरिएको मौका छोपी गैरकानुनी रुपमा भारतीय नोटको कारोबार गरी लाभ उठाउने कारोबारीलाई समेत निरुत्साहित गर्न नसकिए अझ महंगोमा भारतीय यनोट खरिद गर्नुपर्ने बाध्यता भने कायमै रहनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com