इपीएल : ललितपुर प्याट्रिओट्स फाइनलमा प्रवेश



प्रकाशित मिति : Dec 19, 2018

काठमाडाैं । इपीएल क्रिकेटमा ललितपुर प्याट्रिओट्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान पक्का गरेको हो ।

हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम ओभरमा ललितपुरलाई जितका लागि ९ रन चाहिएको स्थितिमा बलिङमा काठमाडौंका जितेन्द्र मुखिया आएका थिए । काठमाडौंले दिएको १ सय ९ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार ग¥यो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com