सुनचाँदी व्यवसायी सङ्घ तनहुँद्वारा प्रहरीलाई चार थान साइकल सहयोग



प्रकाशित मिति : Dec 19, 2018

दमौली । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहलाई साइकल हस्तान्तरण गर्नुभयो ।

व्यवसायी सामाजिक काममा समेत सहभागी हुनुपर्ने मान्यताअनुसार प्रहरीलाई साइकल प्रदान गरिएको उहाँको भनाइ छ । प्रहरी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उहाँले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो ।

प्रहरी उपरीक्षक शाहले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व प्रहरीको भएकाले समुदायको सहयोगबाट मात्रै सो काम पूरा गर्न सकिने बताउनुभयो । उहाँले शान्ति सुरक्षाले मात्रै विकास सम्भव रहेकाले जनतालाई प्रहरीप्रति विश्वास बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com