४ पुष २०७५, बुधबार

काठमाडाैं । लेष्टर सिटीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको हो ।

निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । म्यान्चेस्टर सिटीले खेलको सुरुवाती समयमा नै लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टीमा पुगेको थियो । खेलको १४औं मिनेटमा नै केभिन डि ब्रुयनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई १–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले अघि रहेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ७३औं मिनेटमा मार्क अलब्रिगटनले गोल गर्दै लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।

LIVE TV