४ पुष २०७५, बुधबार

महेन्द्रनगर । कञ्चनपुरको लालपुरमा शंकास्पद रूपमा मृत अवस्थमा फेला परेका विद्युत् सुरक्षागार्ड चन्द्रदेव भट्टका आफन्तले शव बुझेका छन् । चारबुँदे सहमतिपछि दुई दिनदेखि शव स्टेशनको ट्रान्सफर्मरमा रहेको मृतक भट्टको शव बुझेर परीक्षणका लागि महाकाली अञ्चल अस्पताल र्पुयाइएको हो ।

जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवारजन, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, बेदकोट नगरपालिकाका प्रमुख सहितको गएराति बसेको बैठकमा सो सहमति भएको हो ।

बैठकमा उक्त घटनाका सम्बन्धमा छानबिन गरी दोषी पत्ता लगाई कानुनी दायरामा ल्याउने, मृतकका परिवारलाई नेपाल विद्युत् प्राधिकरणबाट नेपाल सरकारले १० लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने, बीमा वापतको रकमका लागि प्रकृया अगाडि बढाउनेलगायतको सहमति भएको बेदकोट नगरपालिकाका नगर प्रमुख असोक कुमार चन्दले बताए । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

LIVE TV