४ पुष २०७५, बुधबार

काठमाडाैं । न्यायपरिषदले यो वर्षका उत्कृष्ट ४ न्यायाधीशलाई सम्मान गरेको छ। आफ्नो २८ औं स्थापना दिवसका अवसरमा परिषदले उच्चअदालत तहका २ र जिल्ला तहका २ न्यायाधीश छनोट गरि उनीहरूलाई सम्मान गरेको हो।

विशेष अदालतका द्वारिकामान जोशी,उच्च अदालत जनकपुरको राजविराज इजलासका नारायणप्रसाद श्रेष्ठ, जिल्ला अदालत महोत्तरीका ब्रजेश प्याकुरेल र डडेलधुरा अदालतका चन्द्रमणि ज्ञावली गरि ४ न्यायाधीशले परिषद्को सम्मान पाएका हुन्। मंगलबार प्रधानन्यायाधीश तथा परिषद अध्यक्ष ओमप्रकाश मिश्रले उनीहरूलाई सम्मान गरे।

उत्कृष्ट न्यायाधीश छनोट गर्न परिषद्ले समिति गठन गरेको थियो। समितिले फैसला र फैसला लेखनको स्तर, आचार संहिताको पालना, उपल्लो अदालतका माननीय न्यायाधीशहरूबाट निरिक्षण एवं मूल्याङ्कन प्रतिवेदन, सार्वजनिक जीवनमा आर्जेको ख्याति, इमान्दारिता, निष्पक्षता, नैतिक आचरण र व्यवहार, मुद्दा फर्छ्यौटको अवस्था लगायतका आधारमा उत्कृष्ट छनोट गरेको परिषद्ले जनाएको छ।

 

LIVE TV