आमा खोज्दै कश्मिरबाट आइन छोरी, सांसदले घरभाडा फिर्ता नगरेसम्म सीधाकुराले फलोअप गरिरहने !(भिडियो)



प्रकाशित मिति : Dec 18, 2018

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. घरभाडा लिने सांसदको बचाउ गर्दै संघीय संसद सचिवालय !

काठमाडौं । संघीय संसदका ३० जना सांसदले काठमाडौंमा घर भएर पनि घरभाडा लिदै आएको रिपोर्ट प्रशारण भएपछि सांसद तथा संघीय संसद सचिवालय एक अर्कालाई आरोप प्रत्यरोप गर्दै घरभाडा फिर्ता गर्न थालेका छन् ।

खोज पत्रकारीता केन्द्रले गरेको अध्ययनमा सांसदहरु भिमशेनदास प्रधान, योगेश भट्राई, पम्फा भुषाल, गोमा देवकाटो, उमेश श्रेष्ठ, चित्रलेखा यादव लगाएतका काठमाडौंमै घर भएका ३० जना सांसदले मासिक १८ हजारका दरले घरभाढा लिएका थिए । यो बिषयमा हामीसँग लाइभमा कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरुले उपलब्ध गराएको विवरणकै आधारमा सेवा सुविधा दिएको बताएका थिए ।

२. आमालाई खोज्न भारतको कश्मिरबाट काठमाडौं आएकी छोरीको कथा

काठमाडौं । नाउशहर, मण्डिभरा कश्मिरकी मेहेक बानु, काठमाडौंमा आफ्नी आमालाई खोज्दै भौतारीरहेकी छिन् । कश्मिरी बाबु र नेपाली आमाबाट जन्मिएकी मेहेक ११ बर्षदेखि आमालाई भेट्न पाएकी छैनन् । आमाको खोजीमा काठमाडौंमा भाँैतारीदा कसैले कार्यक्रम सीधा कुरा जनतासँगमा जान भन्दै उनलाई हाम्रो कार्यालय देखाइदिए ।

३. चितवनमा कालोपत्रे गरेको सडक एक साता पनि टिकेन

चितवन । यो भरतपुर महानगरपालिका ११ मा कालोपत्रे गरिएका सडक हो । कालोपत्रे गरेको सडक केहि दिनमा धुलाम्मे हुन्छ र कालोपत्रे कहिँ देखिदैन ।

यो सडक हरेक बर्ष कालोपत्रे हुन्छ र कालोपत्रे भएको एक सातामा नै कालोपत्रे उप्किएर यो हालत हुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com