चितवनमा कालोपत्रे गरेको सडक एक साता पनि टिकेन



प्रकाशित मिति : Dec 18, 2018

चितवन । यो भरतपुर महानगरपालिका ११ मा कालोपत्रे गरिएका सडक हो । कालोपत्रे गरेको सडक केहि दिनमा धुलाम्मे हुन्छ र कालोपत्रे कहिँ देखिदैन । यो सडक हरेक बर्ष कालोपत्रे हुन्छ र कालोपत्रे भएको एक सातामा नै कालोपत्रे उप्किएर यो हालत हुन्छ ।

स्थानीयले हातले नै कालोपत्रे उप्काउँदा त्रिपाल बेरेझै सडकको कालोपत्रे तह बेरिन्छ । वडा कार्यालयका अनुसार निमार्ण व्यवसायी शिव लौडारीले ६० लाखमा यो सडकको ७ मीटर चौडा र ७०० मीटर लम्बाईको कालोपत्रे गर्ने जिम्मा लिएका थिए ।

वडा अध्यक्ष बाबुराम अधिकारीले ठेकेदारले माटोमै बिटोमिन हालेकाले उप्किएको बताउँछन् । स्थानीयले वडा अध्यक्ष अधिकारी र पिच गर्ने ठेकेदारको मुख्य लापरबाही भएको भन्दै स्थानीयहरुले ठेकेदार र वडा अध्यक्ष दुबैलाई छानबिन गर्नू पर्ने माग गरेका छन् ।

सडक निमार्णमा लापरबाही भएको बिषयमा महानगर तथा मेयर रेनु दाहाललाई जानकारी भएपनि कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com