आमालाई खोज्न भारतको कश्मिरबाट काठमाडौं आएकी छोरीको कथा



प्रकाशित मिति : Dec 18, 2018

काठमाडौं । नाउशहर, मण्डिभरा कश्मिरकी मेहेक बानु, काठमाडौंमा आफ्नी आमालाई खोज्दै भौतारीरहेकी छिन् । कश्मिरी बाबु र नेपाली आमाबाट जन्मिएकी मेहेक ११ बर्षदेखि आमालाई भेट्न पाएकी छैनन् । आमाको खोजीमा काठमाडौंमा भाँैतारीदा कसैले कार्यक्रम सीधा कुरा जनतासँगमा जान भन्दै उनलाई हाम्रो कार्यालय देखाइदिए ।

पहिला ८ वर्षसम्म काठमाडौंमा बसेकी मेहेक त्यसपछि कश्मिरमै बसिन् र उतै विहेवारी पनि भयो । तर पछि उनका बाबुआमाको सम्बन्धमा उदार चढाव आएपछि दुई छोरीलाई कश्मिरमै छाडेर नेपाल आईन् । तर दुई वर्ष अघि मेहेकका बुवाको निधन भयो । बुवाको निधन भएपछि आमालाई अबसँगै राख्ने भन्दै मेहेक आफ्नी आमा खोजिरहेकी छिन् ।

११ बर्ष भयो उनले आफ्नी आमालाई नभेटेकी । आमाका यी केही फोटोहरु छन् उनिसँंग । आमाको नाम उषा थापा भएको उनको माइती पोखरामा रहेको उनी बताउछिन् । आमाको माइती पोखरा भएपनि उनी ललितपुर तिर कतै रहेको कसैले सुनाइदिएको छ । आफ्नी आमा जिवितै भएको र सातदोवाटो तिर कतै काम गरेर बसेको उनको विस्वास छ ।

आफू यसरी आमालाई खोजिरहेको आमाले थाहा पायो भने पक्कै पनि आफुलाई भेट्ने उनको विस्वास छ । ६ हजार रुपैया लिएर आमा खोज्न नेपाल आएकी उनीसँग अब थोरै पैसा मात्र बाँकी छ । तर पनि आमालाई खोजेर आफ्नो घर लैजाने हिम्मत उनिमा छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com