खास खुलासाः कसले गायब बनायो टुकुचा खोला ? को हुन् नदी र सरकारभन्दा शक्तिशाली ? (भिडियोसहित)



प्रकाशित मिति : Dec 18, 2018

गायव हुँदै टुकुचा

काठमाडौं । यो टुकुचा खोला । कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा बूढानीलकण्ठबाट सुरु भएर बालुवाटार, हात्तीसार, प्रदर्शनी मार्गहुँदै थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समय ठूलै खोलाको रुपमा चिनिन्थ्यो टुकुचा । तर अहिले टुकुचाको चौडाई हेर्नुहोस् ।

टुकुचा आधा दुब्लाएको मात्रै छैन, कतिपय स्थानमा त खोला नै गायव पारिएको छ । खोलालाई पछ्याउ“दै जा“दा बालुवाटार, गैह्रीधारा, हात्तिसारक्षेत्रमा टुकुचा खोला वेपत्ता छ ।

हात्तीसारक्षेत्रमा त टुकुचा खोलामाथि व्यापारिक भवनहरु बनेका छन् र त्यहाँ बैंक, इन्सुरेन्स तथा रेष्टुरेण्ट छन् । मुख्यतः गैह्रीधारादेखि कमलादीसम्म पुग्दा टुकुचा खोलाको अस्तित्व करिबकरिब सकिएको छ ।

भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलासम्बन्धि स्पष्ट किटान गरेको छ कि खोलो कसैले छोप्न पाउ“दैन । यदि कसैले हडपेको, छापेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने भन्छन्, खोला कसैले छोप्न पाउ“दैन ।

उपत्यका विकास प्राधिकरणका प्रवक्ता न्यौपाने मात्रै होइनन्, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल पनि खोला मिचेर घर बनाउन वा खोलालाई भूमिगत मार्गबाट लैजान नपाउने दाबी गर्छन् ।

सरकारी निकायका जिम्मेवार अधिकारी भन्छन्, खोला सार्वजनिक जग्गा हो र खोला कसैले पनि अतिक्रमण गर्न पाउ“दैन । कानुन कागजमा लिपिवद्ध छ, खोलामाथि संरचना ठड्याउन निषेध गरिएको छ । तर हात्तिसार, लाजिम्पाटको सरस्वतीस्थान लगाएत ठाउँका यि संरचना टुकुचा खोलामाथि बनाइएका हुन् ।

टुकुचा खोलामाथि संरचना र व्यापारिक प्रयोजनका लागि टहरा उठाइएको धेरै स्थानमा देख्न सकिन्छ । कतिपय ठाउ“मा टुकुचा कहा“नेरबाट बगिरहेको छ, देख्नै सकि“दैन । गैह्रीधाराबाट नारायणहिटी दरबारहु“दै टुकुचा खोला भित्र छिरेको छ । र, राजदरबार भित्र पनि टुकुचा खोला खुलारुपमा बगिरहेको छ ।

तर नारायणहिटी दरबारबाट बाहिर आएपछि हात्तीसारको जयनेपाल हलदेखि कमलादीसम्म टुकुचा वेपत्ता छ । पज…
अहिले संग्रहालय बनेको नारायणहिटी दरबारबाट जयनेपाल फिल्म हलसम्म टुकुचा पूरै वेपत्ता छ, भूमिगत टुकुचा ठ्याक्कै कहा“नेर बगिरहेको छ भन्न सकिंदैन । करिब ३ सय मिटर क्षेत्रमा टुकुचामाथि धेरैले महल ठड्याएका छन् । तर पनि सरकारी निकायहरु तै“ चुप मै चुप छन् ।

काठमाडौंको हात्तीसार क्षेत्रको नापी २०३३ सालमा भएको थियो । ०३३ सालमा गैह्रीधारा क्षेत्र, नारायणहिटी दरबार र हात्तीसारको नापी गर्ने प्रमुख नापी अधिकृत थिए, राजेन्द्रप्रसाद मराठा । मराठाले गैह्रीधारा क्षेत्रमा टुकुचा खोलाको नापी गरेका छन्, नारायणहिटी दरबारभित्र पनि टुकुचा देखाएका छन् तर हात्तीसार क्षेत्रमा टुकुचा गायव पारिदिएछन् । मराठाले नै गरेको नापीमा टुकुचा कमलादीमा पनि देखिएको छ, तर हात्तीसार क्षेत्रमा चाही“ मराठाले टुकुचा खोला देखाउन चाहेनन् वा सकेनन् ।

कसले गर्ने संरक्षण ?

हात्तीसार क्षेमा टुकुचा खोला गायब पारिएको छ । २०३३ सालमा हात्तिसार क्षेत्रमा नियतबस टुकुचा खोलागायव पारिएको स्पष्ट देख्न बुझ्न सकिन्छ । किनभने, दरबार बाहिरको हात्तिसारबाट बाहिरको गौरीधारा क्षेत्रमा टुकुचा बगि रहेको छ भने कमलादीमा आएर पनि टुकुचा खोला बगेको स्पष्ट देख्न सकिन्छ ।

त्यसोभए वीचमा टुकुचा खोला नभएकै हो त ? उपत्यका विकास प्राधिकरणका प्रवक्ता भन्छन्, भुमीगत बाटो बनाएर टुकुचा खोला बगिरहेको छ ।

खोला निरन्तर बग्ने नै भयो र त्यो रोकिने विषय नै भएन । खोला गायव पारेर भवन निर्माण गर्नु गलत भएको ज्रिम्मेवार निकायहरु स्विकार गर्छन्, तर वीचमा खोलो हराउदा पनि सम्बन्धित कुनैपनि निकायले पनि स्पष्ट रुपमा खोज्ने काम गरेका छैनन् ।

यसको स्पष्ट जवाफ नापीसंग पनि छैन । काठमाण्डौ नापी कार्यालयले, तत्कालिन गोश्वारा नापीले अमिन र अधिकृत खटाउँदा फिल्डमा जे देख्यो त्यही नाप्ने गरेको कारण फिल्डमा खोला नदेखिएकोले नक्सामा खोला नदेखिएको जवाफ दिने गरेको छ ।
नीति र कानुनमा खोला मिच्न पाइँदैन भनिएको छ । यदि कसैले मिचेको वा छोपेको भए पुर्ववत अबस्थामा नै फर्काउनुपर्छ । तर नापी कार्यालयले खोलामाथि नापेर कित्ता छुट्याइदिने, मालपोत कार्यालयले लालपुर्जा दिने र काठमाण्डौ महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणले नक्सा स्विकृत गरिदिने । त्यसोभए गल्ती कसको त ? यसमा पहिलो गल्ती नापीकै भएको सम्बन्धित निकायहरु बताउँछन् ।

नापीले कित्ताकाट र मालपोतले लालपुर्जा दिएपछि काठमाण्डौ महानगरपालिकाले घर बनाउने नक्सा दिनु असम्भवको विषय होइन । तर उपत्यका विकास प्राधिकरण र काठमाण्डौ महानगरपािलकालाई हात्तिसार क्षेत्रमा टुकुचा पुरिएको छ भन्ने राम्रो संग थाहा छ । तर थाहा भइकन पनि यी २ वटै निकायले टुकुचा खोला पुर्ववत अबस्थामा फर्काउने वा खोला बाहरि निकाल्ने प्रयास गरेनन् । बरु ब्यापरिक भवनहरु निर्माण गर्नका लागि धमाधम नक्सा पास गरि स्विकृति दिन थाले ।

यही विचाम हात्तिसार उपभोक्ता समितीले हात्तिसारमा टुकुचा खोला पुरेर ब्यापारिक भवन निर्माण हुन लागेपछि निर्माण राक्का गरिपाउँ भनी निवेदन दिए ।

त्यस विषयमा काठमाण्डौ महानगरपालिकाले छानविन पनि ग¥यो र फिल्डमा गएर बुझ्यो पनि । फिल्डमा बुझ्दा जमिनमुनी खोला रहेको महानगरले पत्तो पायो । महानगरको आफ्नै प्रतिबेदनमा यो कुरा उल्लेख समेत गरिएको छ ।
खोलामाथि संरचना बन्न लागेको थाहा पाएपछि महानगरपालिकाले तत्काल निर्णय रोक्का राख्न लक्ष्मी बैँक र एसबीएल डेभलपर्सलाई निर्देशन पनि दियो । तर सुकुम्बासी बस्तीमा डोजर चलाउन सक्ने महानगरपालिकाले ब्यापारिक भवनहरु भत्काउन त के , निर्माण रोक्का राख्न पनि सकेन ।

उपत्यका विकास प्राधिकरणको नीती अनुसार अहिले टुकुचा खोला वरपर संरचना निर्माण गर्दा सिमानाबाट ४ मिटर छोड्नुपर्ने प्राबधान छ । तर हात्तिसार क्षेत्रमा टुकुकचाको सिमानाबाट ४ मिटर त के टुकुचामाथि नै संरचना निर्माण भएको छ ।
ब्यापारिक घरानाको भवन रहेकोले, त्यो भवन भत्काउने त परैको कुरा स्पष्टिकरण सोध्न समेत आँट कसैले गरेको छैन । बरु उपत्यका विकास प्राधिकरणको काठमाण्डौँ जिल्ला आयुक्त कार्यालयले यससम्बन्धि फायल नै गायव पारेको छ । र दोषीहरुलाई कारबाह्ीबाट उन्मुक्ति दिन खोजिरहेको छ ।

हात्तीसारमा टुकुचा भूमिगत छ भन्नेमा सबै सहमत छन् । तर आ“फै भूमिगत भएको होइन टुकुचा, भूमिगत बनाएर टुकुचामाथि महल उभ्याइएको हो । महलहरु मुनी दबाईएको टुकुचा अहिले पनि बगिरहेको छ । टुकुचा ठ्याक्कै कहा“नेरबाट बगेको छ र टुकुचाको अस्तित्व फेरी पुरानै अवस्थामा कसरी फर्काउने भन्ने अहिलेको मुख्य सवाल हो । तर यो बदमासीमाथि कारबाही चलाउन यतिखेर सबै जिम्मेवार पक्ष खुट्टा कपाईरहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com