३ पुष २०७५, मंगलवार

पाल्पा । सरकारले सुन्तलाको पकेट क्षेत्र घोषणा गरेपछि पाल्पा पश्चिम भेगका कृषकहरु व्यवसायीक रुपमा सुन्तला खेतीमा आकर्षित भएका छन् । परम्परागत खेतीबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि अधिकांश कृषकहरुको मुख्य आम्दानी नै सुन्तला खेती बनेको छ ।

पाल्पाको छहरा मुझुङ्ग, मैनादी र भैरवस्थान लगायतका ठाउँका किसानहरु व्यवसायीक सुन्तला खेतीमा लागेका छन् । गाउँमा सडक पुगेपछि बजारको समेत समस्या हटेको छ । गाउँमा उत्पादीत सुन्तला तानसेन, बुटवल, पोखरा लगायतका बजारमा विक्री हुने गरेको छ । कृषि विकास कार्यालय पाल्पाको तथ्याङ्क अनुसार ३ हजार रोपनी क्षेत्रफलमा सुन्तला खेति भएको छ । हावापानी अनुकुल भएकाले किसानहरुले सुन्तलासंगै मौसम र जुनारको समेत व्यवसायीक खेती गरेका छन् । यो वर्ष पाल्पामा ५ हजार म्याट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । व्यवसायीक सुन्तला खेती सफल हुँदै गएपछि कृषकहरुको आम्दानी समेत बढेको छ ।

सुन्तला खेती राम्रो भएपछि स्थानीय सरकारले समेत आर्थिक तथा प्रविधिक सहयोग गर्दै आएको छ । अन्य बालीमा भन्दा सुन्तलाबाट फाइदा हुन थालेपछि कृषकहरुको आकर्षण समेत बढेको छ ।

राम्रो आम्दानी हुन थालेपछि कृषकहरुले परम्परागत खेती छाडेर सुन्तलाका विरुवा लगाइरहेका छन् । कृषकहरुले सरकारले सुन्तला भण्डारणका लागि सितभण्डारको व्यवस्था गरिदिए आफुहरु ढुक्कहुने अपेक्षा गरेका छन् ।

LIVE TV