अन्तर प्रदेश परिषद्द्वारा संघीयता कार्यान्वयनका लागि बाँकी कामको कार्ययोजना पारित



प्रकाशित मिति : Dec 18, 2018

काठमाडौं,३ पुष । अन्तर प्रदेश परिषदले संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी कामको कार्ययोजना बनाएको छ । परिषद्को आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गरेको हो ।

कार्ययोजनाअनुसार पुस मसान्तभित्र वृत्त आयोग बनाइने छ भने माघभित्र प्रदशेको अधिकार सूची र कार्य जिम्मेवारीअनुसार हस्तान्तरण हुन बाँकी संगठन संरचना हस्तान्तरण हुने छ । अन्य कानुन चैत मसान्तसम्ममा बनाइसक्ने कार्ययोजना छ । त्यस्तै, पुस मसान्तभित्र कर्मचारी समायोजन गरिसक्ने, समायोजन प्रक्रियाबाट पदपूर्ति हुन नसकेमा मात्र स्वीकृत प्राविधिक दरबन्दीको पदमा स्थायी पदपूर्ति भएपछि स्वतः हट्ने गरी मापदण्ड बनाई करारमा कर्मचारी लिन सक्ने व्यवस्था पनि गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउतले जानकारी दिनुभयो ।

कर्मचारी समायोजन सम्पन्न भएपछि प्रदेशको रिक्त दरबन्दी पूर्ति गर्न प्रदेश लोकसेवा आयोग गठन नभएसम्मको लागि प्रदेश सरकारको अनुरोधमा लोकसेवा आयोगबाट पदपूर्ति प्रक्रिया अगाडि बढाउने कार्ययोजना पनि बनेको छ । माघ मसान्तभित्र रिक्त पदको माग आकृति फारम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने कार्ययोजना पनि बनेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com