३ पुष २०७५, मंगलवार
  • ज्योति कुमार पन्थि,

गुलरिया, ३ पुस । ईलाका प्रहरी कार्यालय मैनापोखरले अवैध रूपमा रकम असुली गर्ने ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरले भोलागौडी सितापुर क्षेत्रमा सञ्चालन हुने अटो रिक्साहरूसँग अवैध रूपमा रकम असुल्ने गिरोहलााई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ गरी सार्वजनिक गर्नेमा बढैयाताल गाउपालिका वडा नं २ सिमराका ४० वर्षीय कुमार बराल, वडा नं. २ का रिम बहादुर महतरा, वडा नं ३ का ४८ वर्षीय राम बहादुर क्षेत्री, ३१ वर्षीय बिजय मगर, ३७ वर्षीय सोम बहादुर पाण्डे र ३४ वर्षीय अमर बहादुर थापा रहेका छन् ।

पक्राउ पर्नेहरू सबै बढैयाताल गाउँपालिकाका हुन् । पछिल्लो समय भोलागौडीदेखि सितापुरसम्म सञ्चालन हुँदै आएका अटो रिक्सा चालकसँग विभिन्न किसिमका बहाना बनाई अबैध रकम असुली गर्दै आइरहेको भन्ने उजुरी ईलाका प्रहरी कार्यालयमा परेपछि पक्राउ गरिएको ईलाका प्रहरी कतर्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जनकनरी दिए ।

पक्राउ परेका ब्यक्तिहरूले जमुनी सितापुर सडकमा अटो पार्किङ गर्दा समेत अटो धनिहरूलाई धम्की दिदै १० हजार रूपैयासम्म माग गर्ने गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाीको छ ।

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूङवाङको समेत उपस्थिति रहेको थियो ।

LIVE TV