३ पुष २०७५, मंगलवार

काठमाडौं , ३ पुष । एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा ललितपुर प्याट्रिओट्स रोमाञ्चक जित बटुल्दै फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान पक्का गरेको हो । हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।

बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । अन्तिम ओभरमा ललितपुरलाई जितका लागि ९ रन चाहिएको स्थितिमा बलिङमा काठमाडौंका जितेन्द्र मुखिया आएका थिए ।

काठमाडौंले दिएको १ सय ९ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार ग¥यो ।

 

LIVE TV