३ पुष २०७५, मंगलवार

इलाम  । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् ।

सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिए। बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य शुरू गरिएको गुरुङले बताए ।

बालिकाका परिवार, आफन्त र प्रहरीले समेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकारीदिए ।बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।

LIVE TV