३ पुष २०७५, मंगलवार
  • दान बहादुर बुढा,

मुगु । गत बैशाख २० गते जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिका, वडा नम्बर ४ किम्री गाउँमा आगलागी हुदा १९ घर जलेर नष्ट भयो । आगलागीपछि केही राहात लिएर किम्री गाँउको प्रलोक भन्ने ठाँउमा पुगेर कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले अग्नि पीडितहरुको लागि बस्ती पुनः निर्माण गरिदिने भनेर बाचा गरेका थिए ।

तर यसरी बाचा गरेको लामो समयसम्म पनि मुख्यमन्त्री शाही बेखरबर भएको अग्नि पीडितहरुले गुनासो गरेका छन् । पछिल्लो समय चिसो बढ्न थालेपछि अग्नि पीडितहरु पालमुनि बसेर गुजारा गरिरहेका छन् ।

गत वैशाख २० गते विहान आगलागीपछि १९ घर जलेर नष्ट भएपछि अग्नि पीडितहरुले आफ्नो आफन्त र अस्थायी टहराको सहारा लिइरहेका छन् । धन सम्पति पूर्ण रुपमा जलेर नष्ट भएकाले बस्ती पुर्नर्निमाण गर्न सकिरहेरका छैनन् ।

हिजो आज हिउँ पर्दा टहरामा नै चिसो रात बिताउनुपर्दा निकै गाह्रो भइरहेको स्थानीयवासी याङ्गजेन लामाले बताईन । आगलागीका कारण घरविहिन बनेकाहरुलाई तत्काल कर्णाली प्रदेशका मुख्य मन्त्री विष्टसहितको टोली आपतकालीन राहत लिएर हेलिकप्टरबाट पुगे र पुर्ननिर्माण गरिदिने भनेर आश्वासन दिएका थिए । तर अझैं आगलागी पीडितहरुको समस्या जस्ताको त्यस्तै छ ।

LIVE TV