३ पुष २०७५, मंगलवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

गिरीको निधनले एक कुशल राजनीतिज्ञका साथै राष्ट्रवादी नेता गुमाएको उल्लेख गर्दै पूर्व राजा शाहले गिरीको आत्माको चीर शान्तिको कामना समेत गर्नु भएको छ ।

आफ्ना मुख्य सचिव पशुपतिभक्त महर्जनलाई गिरी निवास पठाएर पूर्वराजा शाहले गिरीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारणको कामना समेत गर्नुभएको छ ।

LIVE TV