२ पुष २०७५, सोमबार

काठमाडौं । एउटा सिँढीको मूल्य कति पर्ला ? केही हजार वा बढीमा लाख ! तर, फ्रान्सको पेरिसमा हालै भएको लिलामीमा १४ फुटे एउटा सिँढी झण्डै दुई करोड रुपैयाँमा विक्रि भएको छ ।

कुनै बेला विश्वप्रसिद्ध इफेल टावरको हिस्सा रहेकै कारण यो सिँढीको मूल्य अधिक भएको हो । लिलामकर्तालाई सिँढी त्यतिधेरै मूल्यमा बिक्ला भन्ने लागेको थिएन । तर, साउदी अरबका एक नागरिकले अविश्वसनीय मूल्य तिरे, झण्डै दुई करोड रुपैयाँ ।

चार दशमलव तीन मिटर अर्थात् १४ फिटको यो सिँढी इफेल टावरको दोस्रो र तेस्रो तला जोड्ने हिस्सा थियो । सन् २०१६ मा यस्तै सिँढीको एउटा ठूलो हिस्सा साढे ६ करोड रुपैयाँमा बिकेको थियो । ३ सय २४ मिटर उचाईको इफेल टावर चढ्न पहिला सिँढी प्रयोग गर्नुपथ्र्यो । सन् १९८३ मा सिँढी हटाएर ‘लिफ्ट’ राखियो । झिकिएको सिँढीका २४ टुक्रा ऐतिहासिक रहेकाले अधिक मूल्यमा विक्रि भएको हो ।

 

LIVE TV