२ पुष २०७५, सोमबार

काठमाडौं । शेयर बजारमा सोमबार पनि परिसूचक नेप्से बढेको छ । लामो समय सम्म गिरावट आएको बजारमा सरकारले ब्याजदर र पूँजी बजारको समस्या समाधान गर्न अध्ययन थालेपछि लगानीकर्ता सकारात्मक छन् । जसले गर्दा कारोबार रकम र नेप्से दुवै बढेको छ ।

शेयर बजारमा परिसूचक नेप्से १५ अंकले बृद्धि भई १ हजार १ सय ८३ अंक नजिक पुगेको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ । क वर्गका कम्पनीहरुको कारोबार उच्च भएकाले नेप्से सकारात्मक भएको देखिन्छ । लगानीकर्ता भने अर्थमन्त्रालयले गठन गरेको समितिले बैंकको ब्याजदर र पूँजी बजारका समस्यालाई समाधान गर्ने प्रतिवेदन सरकारलाई बुझाउने विश्वासका साथ कारोबार बढाएका छन् ।

शेयरको माग बढेको छ । जसले नेप्से गत साता देखि नै बढेको छ । सोमबार १ सय ५९ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय बैंकहरुले ब्याजदर बढाएपछि शेयर बजारमा उच्च गिरावट आउँदा केहि लगानीकर्ता आन्दोलित भएका छन् ।

LIVE TV