२ पुष २०७५, सोमबार
  • कविन्द्र शेर्मा,

पाँचथर । पाँचथरका युवाले तमोर नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ् सञ्चालन गरी राम्रो आम्दानी लिन थालेका छन् । सँगै, ¥याफ्टिङका कारण तमोर नदी पर्यटकको आकर्षणमा पनि पर्न थालेको छ ।

¥याफ्टिङ सञ्चाल गरिएसँगै पाँचथर, ताप्लेजुङ र तेह्रथुमको सीमा भएर बग्ने तमोर नदी आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य पनि बन्न थालेको छ ।

बिदाको दिन ¥याफ्टिङ गर्नेको घुँइचो लाग्छ । टाढा–टाढाबाट पनि सहासिक जलयात्राको आनन्द लिन चाहने तमोर पुग्न थालेका छन् ।

२०५२ सालमै गरिएको अध्ययनले तमोरमा ¥याफ्टिङ गर्न उपयुक्त हुने निश्कर्ष दिएको थियो । त्यसको २५ बर्षपछि यहाँ व्यवसायिकरुपमा ¥याफ्टिङ सञ्चालन गरिएको हो ।

पाँचथरको पिनासीघाटबाट माझिटारसम्मको १२ किलोमिटरमा जलयात्रा गर्न प्रतिव्यक्ति तीन हजार रुपैयाँ तिनुपर्छ । बोट थोरै भएकाले अग्रिम टिकट बुक गर्नुपर्छ ।

¥याफटिङले रोजगारी सिर्जनासँगै युवालाई आत्मनिर्भर बनाउने र आफ्नो ठाउँको प्रचार–प्रसार हुने स्थानीयको भनाइ छ । छिटो समयमा ¥याफटिङमा बढेको आकर्षणका कारण हौसिएका सञ्चालक बोट थप्ने प्रयासमा छन् । तर, ¥याफटिङले डुङ्गाबाट यात्रु तार्ने माझी समुदायको पुख्र्यौली पेशा भने संकटमा धकेलिएको छ ।

 

LIVE TV