२ पुष २०७५, सोमबार

काठमाडौँ, २ पुस । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा एक दिने निःशुल्क ‘स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर’ सम्पन्न गरेको छ ।

अस्पतालको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संयुक्त अरब इमिरेट्सको नेपालस्थित राजदूतवास तथा सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा गरिएको शिविरमा सिन्धुपाल्चोक तथा आसपासका जिल्लाबाट ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहनुभएका अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेका अनुसार शिविरमा महिलालाई हरेक महिना आफ्नो स्तनको परीक्षण आफै गर्ने विधिबारे प्रशिक्षण दिइएको र उक्त क्यान्सरबारे जानकारी गराइएको थियो । आइ ब्रेष्ट इक्जामिनेशन ९पिको फिङ्गर०द्वारा धेरै महिलाको स्तन परीक्षण गरिएको थियो । जसमध्ये आठ जनाको स्तनमा गिर्खा भेटिएको र उनीहरुलाई उपचारबारे समेत जानकारी गराइएको ब्रेष्ट सर्जन डा। साधुराम पाण्डेले जानकारी दिनुभयो ।

शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा चक्रराजको नेतृत्वमा अर्थोपेडिक सर्जन डा सुनित दाहाल, डा रामकृष्ण दाहाल, डा राम थापाको टोली तथा कन्सल्ट्यान्ट जिआइ तथा ब्रेष्ट सर्जन डा साधुरामसँगै क्यान्सर विशेषज्ञ डा आविस अधिकारीको सङ्लग्नता रहेको थियो ।

LIVE TV