प्रधानमन्त्री ओलीलाई माफी माग्न बामदेवकाे चेतावनी, हावादारी कुरा नगर्न सुझाव



प्रकाशित मिति : Dec 17, 2018

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई माफी माग्न चेतावनी दिएका छन् ।

नेकपा स्थायी कमिटीको आज बसेको बैठममा बोल्दै नेता गौतमले प्रधानमन्त्री ओलीलाई माफी माग्न लगाएका हुन् । ‘मेरो फरक मतलाई अध्यक्ष ओलीले मजाक बनाएर नकारात्मक टिप्पणी गर्नुभयो, त्यसैले उहाँले माफी माग्नुपर्छ,’ गौतमले भने । नेता गौतम ओलीको भनाईप्रति केन्द्रित हुँदै आजको बैठकमा थप आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

आइतबार (हिजो) पार्टी निकट वकिलहरुद्वारा अायाेजित एक कार्यक्रममा ओलीले वामदेवलाई सांकेतिक जवाफ दिएका थिए । त्यसैकारण नेता गौतम अक्रोसित बनेका हुन् । उनले भने- ‘पार्टी बैठकमा उठेको कुरालाई सार्वजनिक रुपमा मजाकको विषय बनाएकोमा आपत्ति जनाएको छु । ओली जी पार्टी र सरकार स्वेच्छाचारी ढंगले चलाउने कोसिसमा हुनुहुन्छ, हावादारी कुरा गरेर मात्रै देश चल्दैन ।’

गौतमले थपे- ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गर्न सुहाउँछ ? मिल्ने भए प्रधानमन्त्री पनि दुबैजना हुने थियौं भनेर मजाक ? दुई तिहाई छँदैछ तपाईसँग, संविधान संशोधन गर्नुस् न । बनाउनुस् दुवैजना प्रधानमन्त्री ।’

सचिवालय सदस्यसमेत रहेका गौतमले शनिबारकै बैठकमा लिखित धारणा स्थायी कमिटी सदस्यहरुलाई बाँडेका थिए । सोमबार त्यसबारे प्रष्ट्याउने क्रममा ओलीको चर्को आलोचना गरेका हुन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com