तमु धिं जापानको ल्होसार (फो-ल्हो) २ जनवरी २०१९ मा, तयारी तिब्र



प्रकाशित मिति : Dec 17, 2018
  • शान्तिराज राई

जापान । तमु धिं जापानले ‘तमु समुदाय’को नयाँ वर्ष तमु (फो-ल्हो) ल्होसार यही जनावरी २ तारिक बुधबारका दिन भब्यताको साथ मनाउने तयारी थालेको छ ।

नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा तमुहरुको पहिचान झल्कने बिबिध साँस्कृतिक कार्यक्रमसहित (फो-ल्हो) ल्होसार २०१९ भब्य रुपमा मनाउन तयारी थालिएको हो ।

आफ्नो मौलिक परम्परा र सस्कृतिलाई जिबन्त राख्ने र तमु तमुबीच भाइचाराको सम्बन्ध कायम राखेर आपसी मिलाप र शुभकामना आदान प्रदान साटासाट गर्ने हेतुले ‘तमु धिं जापान’ले हरेक साल ल्होसार कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

तमु धिं जापानको आयोजनामा हुने यो २४ औं लोसार कार्यक्रम हो । ल्होसार साँझलार्इ थप रंगिन र टोकियोको चिसोलाई न्यानो बनाउन यसपाली तमु धिं जापानले नेपालबाट लोक गायिका काजल गुरुङ र नेपथ्यका पुर्ब भोकलिस्ट तथा पप गायक गौतम गुरुङलाइ निमन्त्रणा गरेको छ ।

यसका साथै नेपाली जनजीवनको अतिनै लोकप्रिय गीत ‘छातिमा मेरो यो छोटो भोटो, कलिलो तामालाई सोध आमालाई’ सोह्र बर्षे उमेरैमा म पनि झिल्के हुदो हो’ जस्ता सर्बाधिक लोकप्रिय गित गाएर नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पचिचान बनाउन सफल नेपाली लोक संगीतको धरोहर छेत्र गुरुङको उपस्थितिले पनि यो वर्षको (फो-ल्हो) लोसार बिशेष रहने छ ।

हरेक वर्षको पुस १५मा मनाइने ल्होसार नयाँ वर्ष अर्थात गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र तमुहरुको ग्लोबोलाइजेसनसँग सँगै विश्वका विभिन्न देशहरूमा पनि मनाइन्छ । तमु ल्होसारले बिशेषत गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com