२ पुष २०७५, सोमबार

जनकपुर, २ पुष । प्रदेश नम्बर २ ले आफ्नो नाम र स्थायी राजधानी लगायतका विषयमा टुंगो लगाउन सकेको छैन । नाम, राजधानी र भाषाबारे सुझाव दिन गठित संवाद तथा सुझाव आयोगको ४५ दिने समयसीमा पूरा भएको छ ।

यो समयसीमामा आयोगले आफ्नो जिम्मेवारी पूरा गर्नु त टाढाकै कुरा, प्रदेशका सबै जिल्लामा समेत पुग्न सकेन । कातिक ११ गते बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन हरिवंश झाको संयोकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो ।

झा संयोजकत्वमा गठित समितिले पर्सा बाहेक अन्य जिल्लामा सुझाव संकलन गर्न सकेन । समितिले प्रदेश मातहतका सबै जिल्लामा जान समय नपुगेको भन्दै थप समय मागेको छ ।

LIVE TV