मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थलबाटै फर्काइयाे



प्रकाशित मिति : Dec 17, 2018

कामठाडौं । कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाइदिएको छ ।

श्रम स्वीकृति नलिर्इ गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएकाे हो । वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ ।

मलेसियाका लागि औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएलनविरुद्ध कानुनी कारबाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ ।

मलेसिया कामदार भिसासहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काईदिएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com