३ मिनेट हिँडेरै कार्यक्रममा पुगे उपराष्ट्रपति पुन



प्रकाशित मिति : Dec 16, 2018

काठमाडाैं । राष्ट्रपतिलाई १८ करोडको गाडी किन चाहियाे भन्दै सव्रत्र विरोध भइरहेकाे बेला उपराष्ट्रपति नन्द बहादुर पुन भने हिँडेर नै एक कार्यक्रममा पुगेका छन्। शुक्रबार उपराष्ट्रपति पुन बुलेट प्रुफ गाडी प्रयाेग नगरी र सडक जाम नगरी पैदल हिँडेर लायन्स क्लबको कार्यक्रममा सहभागी हुन जमल पुगेका हुन् ।

उपराष्ट्रपति पुन हिँडेरै कार्यक्रममा
तस्बिर सौजन्य उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगर

उपराष्ट्रपति कार्यालय कान्तिपथस्थित बहादुर भवनबाट हिँडेर जमलस्थित होटेल एलो प्यागोडा पुगेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। निर्वाचन आयोग नजिकै रहेको उपराष्ट्रपतिको कार्यालयबाट लगभग २०० मिटरमा रहेको होटेल एलो प्यागोडा पुग्न अाैसतमा तीन मिनेट जती लाग्छ ।

तस्बिर सौजन्य उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगर
Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com