२४ घण्टामै मार्ने धम्की दिनेबाट ठगिएकाहरुको लाइन ! घर भएर पनि भाडा खाने लोभि सांसदहरु(भिडियो)



प्रकाशित मिति : Dec 15, 2018

काठमाडौं । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न शिर्षकमा रिपोर्टहरु प्रस्तुत गरिएको छः


१. ८० प्रतिशत भत्ता माग्दै कर्मचाहरुको आन्दोलन, अनि घर भएर पनि डेरा भाडा लिने यी सांसदहरु !

काठमाडौं । संघीय संसदमा कार्यरत कर्मचारीको तलब बाहेक ८० प्रतिशत भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन्, भने काठमाडौमै घर हुने संघीय सांसदहरुले समेत घरभाडाका नाममा पैसा लिइरहेका छन् ।

गत आर्थिक वर्षसम्म बिहान ९ बजेटबाट साँझ ६ बजेसम्म काम गरेबापत ८० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउँदै आएका कर्मचारीले अहिले भत्ता रोक्का भएपछि कार्यालय समय बिहान १० बजे देखि ४ बजेसम्म मात्रै काम गर्न लागेका छन् । उनीहरुले मंसिर २८ गतेको संसद दिवसमा समेत सचिवालयलाई असहयोग गरेका छन् ।

यस्तै काठमाडौंमै घर भएका ३० जना जननिर्वाचित सांसदहरु नै घरभाडाका नाममा सरकारबाट अतिरिक्त रकम लिने गरेका छन् ।

२. एनजिओमा रोजगारी दिने भन्दै देशभरका हजारौ विद्यार्थीलाई ठगियो !

काठमाडौं । चार महिना अघि फेसबुमा एउटा एनजिओका लागि नर्स, सिएमए, अनमीका लागि ४० देखि ७० हजारसम्म तलब सुविधा भएको भन्दै १२ सय जना आवश्यक सुचना भाइरल भयो ।

अध्ययन सकेर पनि रोजगारीको खोजीमा बसेको सयाँै नर्स तथा सिएमए अनमी पास आउटहरु सुचनाबाट लोभिए र उल्लेख गरेको फोन नम्बरमा सम्पर्क गरे ।

३. पोखरामा १४ कोठाको विद्यालयमा २ जना मात्र विद्यार्थी !

पोखरा । पोखरा महानगरपालिका २८ कालिकामा रहेको जनक आधारभुत विद्यालय हो । यो विद्यालयका ४ ओटा भवनमा १४ ओटा कक्षा कोठा छन् तर विद्यार्थी जम्मा २ जना मात्रै छन् ।

विश्वास र समिक्षा यस विद्यालयका २ मात्र विद्यार्थी हुन भने एक मात्र शिक्षक हुन् जिवनाथ कुइकेल । कास्की कतिपय विद्यालयमा विद्यार्थीको चाप उच्च भएपनि पूर्वाधार भने अभाव छन् तर यो विद्यालयमा भने भौतिक पुर्वाधार पर्याप्त छन् तर विद्यार्थीकै अभाव छ ।

४. मार्ने धम्की दिने कमल न्यौपाने अझैँ पक्राउ परेनन्, पीडितहरु अझैँ हाम्रो कार्यालय आउदै !

काठमाडौं । वैदेशिक रोजगारीको बाहानामा करोडाँै ठगेको बिषयमा रिपोर्टिङ गरेपछि हामीलाई २४ घण्टामा सिद्याउँछु भन्ने दाङका कमल कुमार न्यौपाने अझै पक्राउ परेका छैनन् । विभिन्न व्यक्तिलाई आयरल्याण्ड, पोल्याण्ड लाने भन्दै करोडाँै ठगेका कमल कुमार न्यौपानेको गिरोह हामीले देखाएका थियौँ । त्यसपछि उनले चौबिस घण्टामा सिद्याउने धम्की दिएका थिए ।

धम्की दिएको २ साता बढी भइसक्दा समेत उनी पक्राउ परेका छैनन् । बरु उनले र उनको गिरोहले विदेश पठाउने भनेर करोडाँै ठगेको अन्य व्यक्तिहरु हाम्रो कार्यालयमा आइरहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com