२९ मंसिर २०७५, शनिबार

काठमाडौं । देश अनुसार फरकफरक चलन र परम्परा हुने गर्दछ । सांस्कृतिक परम्पराको निरन्तरतामा देश अनुसराको परम्परा धेरैलाई रोचक पनि हुने गर्दछ । यस्तै, स्पेनमा मनाइने परम्परा यति रमाईलो छ कि जहाँ नवजात शिशुलाई नाघ्ने गरिन्छ ।

स्पेनमा मनाउने एउटा चाड–बेबी जम्पिाङ । जसमा नावजात शिशुलाई बाटोमै राखेर नाघ्ने गरिन्छ । खासमा यो उत्सवको नाम एइ कोलाचो हो । स्पेनका बासिन्दाले सन् १६२० देखि यो परम्परा मान्दै आएका छन् । नवजात शिशुहरुलाई बाटामै तकियामाथि राख्ने गरिन्छ । र, पहेलो पोशाकमा राक्षसको भेषमा आएका व्यक्तिले बाटोमा राखिएका बच्चालाई नाघ्ने गर्दछन् ।

नवजात शिशुलाई यसरी नाघ्दा पछिल्लो जन्मको सवै पापबाट मुक्त हुने विश्वास गरिन्छ । यसपछि भने बच्चाको नयाँ नामाकरण गरिन्छ । क्याथोलिकको विरोधका बावजुद पनि यहाँका स्थानीयले यो उत्सव मनाउँन छाडेका छैनन् र बडो सावधानीपूर्वक यो उत्सवलाई निरन्तरता दिँदै आएका छन् । बच्चालाई नाघ्ने क्रममा घाइते समेत हुने गरे पनि यो उस्सव स्पेनमा निकै लोकप्रिय मानिन्छ ।

 

LIVE TV