२९ मंसिर २०७५, शनिबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता कारोवार रकम गत साताको भन्दा कम रहेको छ । साताभरीमा रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ । गत साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको थियो ।

साताको पहिलो दिन एक हजार १३१ दशमलब शून्य सात विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक १७ विन्दुले वृद्धि भई साताको अन्तिम दिन बिहीबारसम्म एक हजार १४८ दशमलब ७८ बिन्दुमा पुगेको छ ।

त्यस्तै शेयरलगानीकर्ताले शेयर बजारको सुधारको माग सम्बोधन गर्ने प्रतिबद्दता जनाएको छ । शुक्रबार गठन गरेको कार्यदलले शेयरलगानीकर्ता(आन्दोलनरत पक्ष)लाई वार्तामा बोलाएको थियो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको कार्यदलले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

LIVE TV