नेकपा स्थायी समिति बैठक सुरु, अध्यक्षद्वयकोसंगै वामदेव गौतमले पेश गरे छुट्टै राजनीतिक प्रतिवेदन



प्रकाशित मिति : Dec 15, 2018

काठमाडौं २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा नेता वामदेव गौतमले अलगै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । झण्डै पाँच महिनापछि पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा नेता गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनलाई ‘टक्कर’ दिँदै फरक मत राख्नु भएको हो ।

‘व्यक्तिगत’ भनिए पनि गौतमको फरक मतलाई नेतृत्वप्रति असन्तुष्ट माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको एकीकृत धारणा ठानिएको छ ।

गौतम पछिल्लो समय नेतृत्वसँग असन्तुष्ट रहँदै आउनुभएको छ । ओलीसँग निकट मानिनुभएका गौतम पछिल्लो समय रुष्ट बन्नुभएको छ । उहाँले आफ्नो प्रतिवेदन व्यक्तिगत रुपमा पेश गरेको बैठकमा जानकारी गराएको बताइएको छ ।

प्रतिवेदन पेशपछि आजको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । भोलि दुबै प्रतिवेदनमा अध्ययनका लागि समय दिइएको नेकपाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com