२९ मंसिर २०७५, शनिबार

काठमाडौं । भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ ।

यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याकाे अनुसन्धान गर्न गठित समितिले सुनबारे चासाे दिएर अनुसन्धान थालेको छ । उनीहरुले प्रयोग गरेको कारमा लुकाइराखेकाे अवस्थामा ३३ किलो सुन बरामद गरेको भरतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

साढे ३३ किलो सुन प्रकरण : अनुसन्धान समितिको म्याद सकियो, कहाँ छ हराएकाे सुन ?

 

नेपाली नागरिकबाटै बरामद भएकाे उक्त सुन त्रिवि विमानस्थलबाटै हराएकाे भनिएकाे ३३ किलो हुन सक्ने अाशंकामा समितिले अनुसन्धान थालेकाे हाे । कलकत्ताबाट बरामद सुन चुडामणि उप्रेती ‘गोरे’ समूहले तस्करी गरेर ल्याउँदा हराएकाे सुन हो कि हैन भन्नेबारे समितिले अनुसन्धान थालेकाे हाे ।

गृह मन्त्रालय स्राेतले भन्यो- ‘भारतमा सुन समातिएको कुरा आएको छ, ठूलो परिमाणमा सुन भित्रने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो ।’ त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने समितिकाे अाँकलन छ ।

सम्बन्धित समाचार 

साढे ३३ केजी सुन तस्करी प्रकरणको आरोप ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दाय

 

कहाँ छ ३३ किलो सुन, रहस्य किन खुलेन, कसको हो सुन ?

 

३३ किलाे सुनकाण्ड : ६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, हेर्नुहाेस्– काेकाे हुन् ती ?

LIVE TV