२९ मंसिर २०७५, शनिबार

काठमाडाैँ । झण्डै पाँच महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ ।

धुम्वाराहीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा सचिवालयले प्रस्तुत गर्ने झण्डै आधा दर्जन एजेण्डामाथि छलफल हुने जनाइएको छ ।

स्थायी कमिटीको बैठक बस्नुअघि सचिवालयको बैठक बसेर एजेन्डाको बारेमा छलफल गर्ने तयारी अघि बढाइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रतिवेदनमा सचिवालयले गरेका निर्णय, सरकारले गरेका काम कारवाही, पार्टी एकीकरणका लागि भएका कार्यहरु, सङ्गठन निर्माण लगायतका विषयमा समावेश छ ।

गत असार २१ गतेपछि विभिन्न कारण देखाउँदै ५ पटक स्थायी कमिटी बैठक स्थगित भइसकेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकको एजेन्डाबारे स्थायी कमिटीका सदस्य भने अनविज्ञ छन् ।

LIVE TV