अमेरिकामा पनि नेपाली असुरक्षित, परिवारको बिचल्ली



प्रकाशित मिति : Dec 15, 2018

न्युयोर्क । केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको सुनोको ग्यास स्टेसनमा कार्यरत ४० बर्षीया रेशम बजगाइँको हत्या भयो ।
लुटेराहरुको समहुले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगाइँको हत्या गरेका थिए ।

६ बर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो । भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली प्रहार भयो ।

स्थानीय बाडिज ह्यान्डी मार्ट ग्यास स्टेसनमा दिउँसो सवा १२ बजे काला जातिका एक लुटेरा आएर अन्धाधुन्ध बन्दुक चलाउँदा श्रेष्ठमाथि आठ गोली लाग्यो ।

पिठ्युँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेकी उनी उपचारपछि घर फर्किएकी छिन् ।

साढे दुइ बर्षको छोरा र श्रीमानसहित् उनी पनि ११ महिनाअघि मात्रै अमेरिका आएकी थिइन् । परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका हानिएकाहरु हिंसामा परेका उदाहरण धेरै छन् ।

अमेरिकामा १८ वर्ष उमेर पुगेको व्यक्तिले सहजै बन्दुक किन्न सक्छन्। त्यसैले त्यसको दुरुपयोगका घटना दोहोरिने गरेका हुन्। लुटेरा एवं हिंसाविरुद्धको कारबाहीलाई अमेरिकी प्रहरीले प्राथमिकतामा राखेको त छ। तर तिनको जोखिम घटेको छैन। अमेरिकामा प्रहरी कारबाहीमा लुटेरा पक्राउ पर्ने र सर्वसाधारण मारिने घटना भइरहन्छन्। यस्ता घटना बढी हुने राज्यमा शान्तिसुरक्षाको प्रत्याभूति प्रमुख राजनीतिक एजेन्डाकै रूपमा स्थापित छ।

अमेरिकामा बन्दुक हिंसा र लुटेराको आक्रमणबाट कति नेपालीको हत्या भयो भन्ने यकिन तथ्यांक छैन । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकले लेखेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com