२९ मंसिर २०७५, शनिबार

काठमाडाैं । विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। विराटनगरका लागि उत्कृष्ट प्रर्दशन गरेका हायातकाे छक्का प्रहारबाट अख्तरको गाडीको सिसा फुटेको हो।

चितवन टाइगर्सले साविक विजेता विराटनगर वारीयर्सलाई ५ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलो जित दर्ता गरेको छ ।  चितवनले दिएको १९७ रनको बिशाल लक्ष्यमा विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । चितवनको यो पहिलो जित पनि हो ।

यो हारसँगै विराटनगरको अघिल्लो चरणको यात्रा निकै कठिन बनेको छ । हङकङका पुर्व कप्तान समेत रहेका बाबर हायातले शतक बनाउन ९० रन जाेडेका थिए । बाबरले ४२ बलमा ५ चौका र ८ छक्का प्रहार गरे ।

कप्तान पारस खड्का र अनिल कुमार शाहले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेका थिए । लगातार खराब प्रर्दशन गरेका पारसले आज १९ रन जोडे । पारसले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । सागर ढकालले ६.२ ओभरमा शाहलाई बोल्ड आउट गर्दै १२ रनमा आउट गरे ।

इंग्लिस ब्याट्सम्यान जोन सिम्पसनको ७८ रनको सहायताले चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। चितवनका लागि सिम्पसनबाहेक दीपेन्द्र सिंह ऐरीले २२ बलमा ३२ रन बनाएका थिए। यस्तै पल स्टरर्लिङले २४ रन बनाउँदा अर्का ओपनर सन्दिप सुनारले ३० रन जोडेका थिए।

यो जितसँगै लगातार तेस्रो खेलमा हार व्यहोरेको चितवनको दोस्रो चरण प्रवेश सम्भावना कायमै छ। लिगमा समान ४-४ खेल खेलेका विराटनगरको ४ अंक तथा चितवनको २ अंक छ।

LIVE TV