जीवनसाथी फेला नपर्दासम्म मुडुलै बस्नुपर्ने अनौठोको चलन



प्रकाशित मिति : Dec 14, 2018

काठमाडौं । महिलाको सुन्दरताको एउटा मानक कपाल हो । लामो र सलक्क परेको कपालले महिलाको सुन्दरतामा चमक थप्ने संस्कारका साथ उनीहरुलाई हुकाईन्छ । तर, विश्वमा यस्तो पनि संस्कार छ , जहाँ बिवाह अघिसम्म महिलालाई कपाल पाल्न दिइदैन ।

दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियाका बोराना आदिवासी समुदायमा युवतीले विवाह पूर्व कपाल पाल्न नपाउने अनौठो प्रचलन छ । राम्रो र असल जिवनसाथी पाउनका लागि बेराना समूदायमा महिलाले कपाल राख्दैनन् ।

अभिभावकहरुले पनि आफ्ना छोरीहरुका लागि यो नियम कडाईँका साथ पालना गर्न लगाउँछन् । बाहिरी हस्तक्षेप स्विकार नगर्ने यो आदिवासी समुदायका युवती असल जीवनसाथी पाउने अभिलाषाका साथ आज पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com