२८ मंसिर २०७५, शुक्रबार

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा सरकारले लिएको आर्थिक बृद्धिदर पुरा नहुने प्रक्षेपण गरेको छ । कोषले बैंकहरुले आाक्रामक रुपमा लगानी गरेकाले ब्याजदरमा समस्या देखिएको उल्लेख गर्दै कर्जा लगानीमा कडाई गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव समेत दिएको छ ।

अन्तराष्ट्रिय मुद्राकोष (आइ एम एफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थि बृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने अनुमान गरेको छ । नेपालमा आन्तरिक उत्पादन न्यून भएकाले उच्च आर्थिक बृद्धिको अपेक्षा राख्न नहुने आइएमएफको भनाइ छ ।

सरकारले लक्ष्य अनुसार खर्च गर्न नसकेको उल्लेख गर्दै बजेटले लिएका अधिकांश कामहरुको सम्पादन हुन नसक्ने अवस्थामा पुगेकोले आर्थिक बृद्धि अपेक्षित अनुसार नहुने आइएमएफको बुझाइ छ ।

आइएमएफको टोलिले बिहीबार नेपाल राष्ट्र बैंकका अधिकारीहरुसंग भेट गरि बैंकहरुले आक्रामक रुपमा अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै वित्तीय क्षेत्रमा जोखिम बढेको उल्लेख गरेका थिए । आइएमफले कर्जा नीतिमा कडाइगर्न राष्ट्र बैंकलाई सुझाव समेत दिएको छ ।

 

LIVE TV