२८ मंसिर २०७५, शुक्रबार

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । गाडीमा ४० जना यात्रु रहेको बताइएको छ ।

गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए ।

LIVE TV