उदयपुरमा ज्ञानेन्द्र बान्तवा स्मृति प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सुरु



प्रकाशित मिति : Dec 14, 2018
  • विश्वराज तामाङ,

उदयपुर, २८ मंसिर । उदयपुरमा शुक्रबारदेखि ज्ञानेन्द्र बान्तवा स्मृति प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको दोस्रो सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा शुक्रबारदेखि प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

प्रदेश नम्बर १ को १४ जिल्ला र छिमेकी जिल्लाहरु सिराह र सप्तरीको पनि प्रतियोगितामा सहभागिता रहेको आयोजकले जनाएको छ । मेन्स डबल खुल्ला, भेट्रान्स डबल्स, ओमन्स डबल्स खुल्ला र मेन्स सिंगल गरि ६० जोडीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगिताको एक कार्यक्रमकाबीच त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले उद्घाटन गरे । पूर्व खेलाडी समेत रहेका स्व. ज्ञानेन्द्र वान्तवाको स्मृतिमा गत बर्ष देखि प्रतियोगिता आयोजना गर्न सुरु गरिएको जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए ।

विगतमा राष्ट्रिय स्तरको ¥याङ्किङ्ग ब्याड्मिन्टन प्रतियोगिताका साथै ५ पटक पूर्वाञ्चल स्तरीय प्रतियोगिता गरिएको भएपनि गत बर्ष देखि भने प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्न थालिएको हो । प्रतियोगिताको मेन्स डबल्स तर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद शिल्ड सहित पुरस्कृत गरिने छ । यता भेट्रान्स डबल्स तर्फ प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ ।

त्यसैगरी ओमेन्स डबल्स तर्फ प्रथमलाई १४ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ८ हजार, व्वाइज सिंगल्स १७ बर्ष मुनिका स्पर्धामा प्रथम हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार सहित पुरस्कृत गरिने छ । यता जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता तर्फ मेन्स डबल्सको जिल्ला प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ८ हजार पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।

त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विभिन्न व्यक्तिहरुले पनि सहयोग गरेका छन् । नगर क्षेत्रका युवाहरुको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ प्रतियोगितालाई नगरपालिकाले सहयोग गरेको त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरी बताउछन् ।

शनिवार सम्म सञ्चालन हुने प्रतियोगीताको लागि त्रियुगा नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com