नेपालमा आयोजना हुने साफ महिला फुटबलको खेल तालिका सार्वजनिक



प्रकाशित मिति : Dec 14, 2018

काठमाडौं, २८ मंसिर । सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ ।

उद्घाटन खेलमा घरेलु टोली नेपालले भूटानको सामना गर्ने भएको छ । प्रतियोगिताको खेल तालिका अनुसार नेपालले उद्घाटन खेलमा भूटानलाई प्रतिद्धन्द्धी पाएको हो । विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ भने समुहको अन्तिम खेलमा नेपाल र बंगलादेश खेल्नेछन् ।

नेपालमा पहिलो पटक महिला साफ च्याम्पियनशीप हुन लागको हो । नेपालले अहिलेसम्म यसको उपाधि जितेको छैन । नेपाल हालसम्मको अधिकांश संस्करणको फाइनलमा भारतसंग पराजित हुँदै आएको छ ।

घरेलु भूमिमै हुन लागेको च्याम्पियनशीप जित्ने लक्ष्यसहित नेपाली महिला टोलीले साफको लागि तयारी थालिसकेको छ । तालिका अनुसार नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’ मा छन् । यस्तै चार पटकको विजेता भारतसहित माल्दिभ्स र श्रीलंका समूह बीमा छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com