सुरेन्द्र, सोनाम, पारस र मायालाई इचंगु नारायण करातेमा स्वर्ण पदक



प्रकाशित मिति : Dec 14, 2018

काठमाडौं,२८ मंसिर । दोश्रो नागार्जुन नगरपालिका मेयरकप कराते च्याम्पियनशीपको पुरुष एकल कातामा मनमैजु डोजोका सुरेन्द्र तामाङ पहिलो भएका छन् । सो प्रतिस्पर्धामा लीबर्टीका करुण बुढाथोकी दोश्रो भए भने आयोजक इचंगु नारायणका प्रज्वल पोख्रेल र करण श्रेष्ठले कास्य पदक जिते ।

 इचंगु नारायण डो र इचंगु सामुदायीक तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको महिला एकल कातामा ब्लेस एकेडेमीका माया चौधरीले स्वर्ण पदक जितिन् । नवशान्ति डोजोकी सुजाता तामाङले रजत तथा आयोजक डोजोकी चेतना रिजाल र सोनाम शेर्पाले काश्य पदक जिते । पुरुष खुला तर्फ मानसिङ डोजोका पारस तामाङले स्वर्ण पदक जिते । यसैगरी, आयोजकका प्रज्वल पोख्रेलले रजत तथा आयोजकका सुमन श्रेष्ठ र मनकामनाका सञ्जोग बुढा मगरले काश्य पदक जिते ।

महिला २५ किलो तौल समुहमा आयोजककी सोनाम शेर्पाले स्वर्ण पदक जितिन् । यसैगरी, बुढानीलकण्ठकी उषा दासले रजत तथा ब्लेस एकेडेमीकी स्मृती गुरुङ र गोल्डेन होराइजनकी क्रिजल तामाङले काश्य पदक जिते । यस अघि प्रतियोगिताको प्रायोजक सस्था नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरे । सो अवसरमा मेयर बस्नेतले नागार्जुन नगरपालिकाले खेलकुदको विकासका लागि गरेको प्रयास र पहलको बारे जानकारी दिदै निकट भविष्यमा नै फुटबल मैदान निमार्ण हुन गइरहेको जानकारी दिए ।

उद्घाटन समारोहमा बिश्व कराते महासंघ( डब्लुकेएफ) तथा राखेपबाट मान्यता प्राप्त नेपाल कराते महासघंका अध्यक्ष पुरेन्द्र विक्रम लाखे र दावा गुरुङको उपस्थिति रहेको थियो । उद्घाटन समारोह आयोजक इचंगु नारायण कराते डोका अध्यक्ष बाबुराम लामाको सभापतित्वमा भएको थियो ।

कार्यक्रम संयोजक तथा डोजो प्रमुख सन्तोष चाम्लिङले दिएको जानकारी अनुसार दुइ दिन सम्म चल्ने प्रतियोगिताका कातामा दुइ तथा कुमुतेमा १८ स्पर्धा समाबेश छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com