मापदण्ड विपरीत पशुचौपाया ढुवानी: ३० वटा गाईगोरुसहित समातियो ट्रक



प्रकाशित मिति : Dec 14, 2018

हेटौंडा । इलाका प्रहरी कार्यालय हेटौंडा पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोस्टको सडकखण्डमा सवारीसाधन रोकी चेक गर्ने क्रममा ३० वटा चौपायासहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

गाईगोरुलाई अपनाउनुपर्ने सावधानी नअपानई पशुचौपाया ढुवानी मापदण्ड २०६४ विपरीत हुने गरी ढुवानी गरेको पाइएकाले तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com