एकैपटक १ सय ७४ वटा कानुन संशाेधन हुँदै



प्रकाशित मिति : Dec 14, 2018

काठमाडौँ । हालसम्म मुलुकमा निर्माण भएका कुल ३ सय ९३ कानुनमध्ये आगामी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन् ।

संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसद्को बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले यति ठूलो संख्यामा एकैपटक संशोधन हुन लागको हुन् । एकैपटक यति धेरै संख्यामा कानुन संशाेधन हुन लागको यो पहिलो घटना हो ।

मुलुक पहिलोपटक संघीय राज्य व्यवस्थामा गएको र समावेशी समानुपातिक लगायतका विषयसमेत सबै कानुनलाई सम्वोधन गर्नुपर्ने भएकाले सरकारले कानुन संशाेधनका लागि तयारी सुरु गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com