२८ मंसिर २०७५, शुक्रबार

काठमाडौं । नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक आज शुक्रबारदेखि काठमाडाैँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान संशोधनलार्इ मुख्य एजेण्डाका रुपमा राखिएकाे महासमिति बैठकका लागि देशभरिबाट कांग्रेस नेताहरु काठमाडाैमा भेला भइसकेका छन् ।

अाजदेखि पुस ३ गते सम्म चल्ने उक्त बैठकमा अन्य ४ वटा दस्तावेज पनि पेश गरिन लागेकाे स्राेतले जनाएकाे छ । बैठक अाज सुरु भए पनि अाैपचारिक  उद्घाटन भने भोलि शनिबार मात्रै हुने बताइएकाे छ । आज दिउँसाे पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ ।

उद्घाटन कार्यक्रम भने शनिबार ११ बजे रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा तय भएकाे जनाइएकाे छ ।  रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन शत्रपछि बन्दशत्र सञ्चालन हुने र पुष ३ गतेसम्म महत्वपूर्ण छलफल हुने जनाइएकाे छ ।

बन्दशत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।  यसैगरी अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्ने, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज तथा सह-महामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन, कोषध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

महासमिति सदस्यलाई समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनमाथि समूहगत छलफल गराएर निष्कर्ष पेश गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय समितिले सर्वसम्मतिले ल्याएको कुनै प्रस्तावलाई समेत अस्वीकार गर्ने अधिकार महासमितिलाई छ । महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागि हुनेछन् ।

LIVE TV