शान्ति काव्य प्रवाहमा ४० कविकाे काव्य प्रवचन



प्रकाशित मिति : Dec 14, 2018

काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाजले ७० औँ मानव अधिकार दिवसका सन्दर्भमा ४० कविले बिहीबार शान्ति काव्य प्रवचन गरेका छन् ।


मानव अधिकारमा केन्द्रित रही कृष्ण पहाडी, रामबहादुर पहाडी, कवि रामबहादुर पहाडी, वेदमणि घिमिरे, भाग्यशाली अधिकारी, मदन कार्की, रत्ननिधि रेग्मी, डा जीवन अधिकारी, मेनका पोख्रेल आचार्य, ऋचा, विजयध्वज थापा, त्रिभुवनचन्द्र वाग्लेलगायतले कविता वाचन गर्नुभएको थियो ।

Image may contain: 4 people, people sitting and indoor

एक नागरिकले अन्य व्यक्तिको अधिकारलाई सम्मन गरी शान्ति तथा समृद्ध समाजमा निर्माण गर्न सकिने सन्देश दिइएको उक्त प्रवाहमा जानी नजानी भइरहेका मानव अधिकार उल्लङ्घनका विषयवस्तुलाई सहभागी कविले रचनामार्फत सच्याउन आग्रह गर्नुभएको थियो ।

समाजका सभापति उत्तम पुडासैनीले साहित्यमार्फत मानव अधिकार र शान्ति अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा शान्ति समाज निरन्तर लागिरहेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com