२७ मंसिर २०७५, बिहीबार

काठमाडौं । विद्यार्थीसँग परीक्षामा पास गराइदिन्छु भन्दै पैसाको बार्गेनिङ गर्ने एक शिक्षकलाई महानगरीय प्रहरी परिसर काठमाडौले नियन्त्रणमा लिएको छ ।

शिक्षक अर्जुन भाट

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको होप इन्टरनेश्नल कलेजबाट ब्याचलर अफ पब्लिक हेल्थको चौंथो सेमेस्टरको परीक्षा दिएर बसेका एक विद्यार्थीलाई कञ्चनपुर घर भई हाल सुकेधार बस्ने काठमाडौंका विभिन्न कलेजमा अध्यापन गराउने शिक्षक अर्जुन भाटले फोन गरेर पब्लिक हेल्थ विषयको उत्तर कापी आफ्नो हातमा आएकाले पास हुने भए २५ हजार रुपैैयाँ जम्मा गरेर आफूलाई भेट्न लगाए । सकेसम्म धेरै विद्यार्थी बनाउन दबाब पनि दिए ।

होप कलेजका विद्यार्थीको परीक्षा सेन्टर कर्णाली कलेजमा परेको थियो । त्यही समयमा नै विद्यार्थीको विवरण राखेका उनले रिजल्ट कुरेर बसेका विद्यार्थीलाई फोन गरेर पैसा माग्न थालेपछि विद्यार्थीहरु हाम्रो कार्यालयमा आएका थिए ।

यसपछि हामीले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरी उनको फलोअप ग¥यौं । उनले आफ्नो विवरण गोप्य राखेर विद्यार्थी जम्मा गर्न र कर्णाली कलेजमा सेन्टर परेको अन्य विद्यार्थी खोज्न समेत भने ।

पैसामा ठुलो पावर भएको सिकाउँदै छिटो छिटो पैसा जम्मा गर्न लगाए । पुनः के भयो भन्दै फलोअप गर्छन् । साथै आफ्नै कोठामा बसेर कापी चेञ्ज गर्ने सहमति गर्छन् ।

आफ्नो कोठामा जानका लागि विद्यार्थीलाई बागबजार बोलाउँछन् र मोटरसाइकलमा कुरा गर्दै कीर्तिपुर स्थित एक चिया पसलमा पु¥याएर पैसा मागेका थिए । तर विद्यार्थीले कापी नदेखाएसम्म पैसा नदिने भनेपछि अर्को दिन कापी देखाउने भन्दै निस्केका थिए । उनले यस अघि अन्य विद्यार्थीलाई घरमै लगेर नयाँ कापीमा उत्तर लेखाउने गरेको बुझिएको छ । उनले आफ्नो साथिले पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययन गराउने भएकाले कापी जाँच गर्न ल्याउने बताएका छन् ।

LIVE TV