२७ मंसिर २०७५, बिहीबार

काठमाडौं । खाद्यान्न तथा अत्यावश्यक बस्तु किनबेचका लागि हाटबजार लाग्नु सामान्य हो । तर, चीनमा विवाह प्रयोजनकै लागि हाटबजार लाग्छ भन्ने सुन्दा अचम्म लाग्छ ।

चीनको पिपुल्स स्क्वाएरस्थित यो पार्कमा हरेक शनिवार लाग्ने बजारको मुख्य उद्देश्य नै विवाहका लागि जोडी मिलाइदिनू हो । मर्निङ वाकमा आउने स्थानीयले सन् २००५ मा यो बजारको सुरुवात गरेका थिए । एक–अर्कामा चिनजान गरी विवाह गर्ने उमेर पुगेका सन्तानको चर्चा गर्ने थलोबाट सुरु भएको यो पार्क विस्तारै बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँ बन्यो । र, अहिले वैवाहिक सम्बन्ध जोड्ने बजारकै रुपमा परिस्कृत भएको छ ।

यहाँ मानिसहरु विवाह योग्य केटा–केटीको उमेर, आम्दानी, अध्ययन, जन्मदिन तथा जन्मकुण्डलीसहितको ‘बायोडाटा’ लिएर बस्छन् । उपयुक्त बर–बधु खोज्नेले ‘बायोडाटा’ लैजान्छन् । र, चित्त बुझे विवाहको कुरा अगाडि बढाइन्छ । पछिल्लो समय लैंगिक अनुपातको असन्तुलन झेलिरहेको चीनमा यो बजार निकै चम्किएको छ ।

 

LIVE TV